रातो रङ्गमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो देशको प्रतिक गौरव गरिमाको उँचाई हो । झण्डा अगाडि हाम्रो मस्तक झुक्छ । चन्द्र सूर्य अटल अजर भए झै नेपालीको शानमान अटल अजर अमर छ । हाम्रो त्रिकोण झण्डा परदेशमा हुँदा जता हामी झण्डा नेपालको देख्छौ देश हाम्रो सामिप्य रहेका अनुभूति हुन्छ । न्यूयोर्कको रकफेलर प्लाजामा नेपालीले झण्डाको समुहमा नेपाली आँखाले आफ्नो देशको झण्डा खोज्छ सँयुक्त राष्ट्र् सँघको अगाडि फहराई रहेको झण्डाले शरीरमा देशप्रतिको राष्ट्यिता जगाई दिन्छ । शरीर हाम्रो परदेशमा रहे ता पनि हाम्रो आत्मा सदैव देशमा रुमल्लिई रहेको हुन्छ । हामी प्रवास प्रति वफादार रहन्छौ भने देशप्रति हामी ईमान्दार रहन्छौ । आफ्नो मातृभूमिलाई आँखाको नानीमा राखेका हुन्छौं ।राष्ट्रि्यताको प्रतिक हाम्रो झण्डा जलेका दृश्य देख्दा नेपालीको मन कल्पियो । विवशताको नाममा विदिर्ण जलेका झण्डा हेर्न हामीले बाँच्नु पर्या । रातो तुलमा बनाईएको चन्द् सूर्य अङ्कित झण्डाप्रति हामी भावुक छौ । देशको बदलिँदो परिस्थितिमा देश दिशाहीन भई भौंतारिदा देशको शान आनमानको प्रतिक झण्डा जलेको हेर्नु पनि नेपालीको दुर्भाग्य हो । हिजो झण्डा नै जलि रहेको थियो । आज देश जलेको पनि हामीले बाध्य हुनु परेको छ । नेपालीको भाग्य जलेको हेर्ने दिनपनि आउन सक्छ ।
झंडा को कुरा चल्दा यो कुरा पनी म भन्न चाहन्छु मेरो साथी हरु ली की ९ ११ पछि अमेरिका भरि नै झण्डा घरैपिच्छे गाडीमा आँगनमा राख्ने लहर आयो । देशमा आईपरेको धनजनको क्षतिमा अमेरिकीहरु साथमा थीय । ट्विन टावर पेन्सलभेनिया पेण्टागनमा भएको क्षतिले सम्पूर्ण अमेरिकीलाई चोट पुगेको थियो । यस्तो राष्ट्रि्यताको लहर आयो न्यूयोर्क शहर त निलो रातो सेतो रङ्गको झण्डाले भरिपुर्ण थियो । हृदयमा परेको गहिरो चोटलाई राष्ट्रिय झण्डालाई आत्मसात गरि सहानुभूति प्रकट गरे ।
९ ११ पछि सबै अमेरिकी एक भए दुःख प्रकट गरे । झण्डालाई आत्मसात गरि राष्ट्रि्य एकताको परिचय दिए । लुगा कपडा सम्पुर्ण सामानहरु झ्ण्डाको मार्का दिएर घरैपिच्छे अमेरिकीहरुले आफ्नो देशको अनुभूति प्रकट गरे । झण्डालाई आधार बनाई आफ्नो ऐक्यबद्धता प्रकट गरे ।
हामी प्रवासी भय पछि मात्रै थाहा लाग्छ राष्ट्रि्यताको प्रतिक झण्डाको कति महत्व हुँदो रहेहछ । यो महाद्विपमा हाम्रो पहिचान नै के हो भन्दा हाम्रो सँस्कृति , भाषा अनि राष्ट्रिय झण्डा ।

देश भन्दा बाहिर नेपाली दाजू भाई हरु झण्डा फहराएर सडकभरि नाचगान गरेर जुलुस निकाल्छन् । आफ्नो पहिचानको परिचय गराउँछन् । झण्डाको सहारा लिन्छन् । आफ्नो देशप्रति गौरवान्वित बन्छन् ।
तर आफ्नै देशमा केहि समुहले आफ्नो देशको झण्डा जलाई रहेको देख्दा सुन्दा आफु अपमानित भएको महशुस गरेको छुँ । विविध देशमा विरोधी समुहले अरु देशको झण्डा दहन गरिएको सुनिएको छ । तर आफ्नो देशमा आफ्नै नेपाली समुदायले झण्डा जलाउनु निर्लज्जताको प्रतिक ठान्दछु । विरोध विद्रोह अभिव्यक्त गर्ने के यो नै तरिका हो त अनियन्त्रित प्रजातन्त्रको परिचय दिएनन् त खुकुरीले नेपाली को बहादुरीको परिचय दिएको छ भने शांति का दूत बुद्द र महान मिथिला नगरी मा जन्म लियर माँ जानकी ले त्याग को परिचय दियकी छीन हाम्रो राष्ट्रि्य झण्डाले नेपालीको गरिमा बढाएको छ । हाम्रो परिचय सँसारभर दिई रहेको छ । यहि गरिमा राष्ट्रि्रयताको प्रतिक झण्डा जलाइर चार जात छत्तिस वर्णको फुलवारीमा आशिँक नेपालीले आफ्नो गद्यारीको परिचय दिएको स्पष्ट हुन्छ ।
र हामी ले बुझनु पर्छ हिमाल पहाड तराई - कोई छैन यंहा पराई , नेपाल हाम्रो घर - नेपाली हाम्रो थर ........
जय नेपाल जय मातृभूमि
राज छेत्री
Yuva Nepal Sanagathan (YNS)
http://yuvanepalsangthan.wordpress.com
No comments:
Post a Comment