Thursday, October 21, 2010

देश विकासमा युवा वर्गको भूमिका !

देश विकासमा युवा वर्गको भूमिका !



युवा द्धारा कुनै पनि देशको यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, संस्कृति जस्ता पक्षहरुको उन्नतिको लागि गरिने कार्यको उत्तरदायित्व नै देश विकासमा युवा वर्गको भुमिका हो ।

युवा भनेको देशको मेरुदण्ड पनि मानिन्छ । देश विकासमा युवाहरुको सबै भन्दा बढी योगदान रहेको छ । युवाहरुको पाखुरामा आँट, साहस र बलको भण्डार रहेको हुन्छ । विभिन्न क्षेत्रमा छरिएर रहेका उनीहरुको ज्ञान, सिप र कलाको उपयोग गरिएमा पहाडलाई मैदान र मरुभुभिलाई हरिलो भरिलो र रङ्गी चङ्गी बगैचा बनाउन धेरै समय लाग्दैन । यर्सथ देश निर्माणको प्रमुख स्रोत भनेको युवा वर्ग हो । युवा वर्गलाई देश निर्माण र विकासमा प्रयोग गर्न सके चाडै नै देशले काँचुली फर्ेन सक्छ । युवा उमेर भनेको यस्तो उमेर हो जुन बेला उ हरेक दृष्टिले परिपक्क र शक्तिशाली हुन्छ । शारीरिक र मानसिकरुपले स्वस्थ्य, तन्दुरुस्त रहेको अवस्थानै युवा अवस्थाहो । यो मानव जीवनको र्सवाधिकशक्तिशाली र उर्वर यामहो ।

युवाआ-आफ्नो कार्यमा व्यस्त हुन्छन् । धेरै युवाहरु आफ्नो पढाइमा व्यस्तहुने गर्दछन् । अरु युवाहरु विभिन्न व्यवसायमा सङ्लगन हुन्छन् । सबैले आ-आफ्नो क्षेत्रबाट देशको विकासमा मद्दत पुर्‍याइरहेको छन् तर उनीहरुको एकल प्रयासले देश विकास हुन सक्दैन । सबै वर्ग, पेसा र तहका मानिसहरुको सहभागिता यसमा हुन जरुरी छ । जसरी थोपाथोपापानी मिलेर समुद्र बन्छ भने झै व्यक्तिले आ-आफ्नो क्षेत्रबाट दिएको श्रम र बगाएको पसिनाले महानदीको रुप धारण गर्छ । झट्ट सुन्दा देशविकास भनेको गाउँ-गाउँमा शिक्षालय खुल्नु, ठाँउठाँउमा मोटरबाटो पुग्नु, अस्पताल र स्वास्थय चौकी बन्नु, सञ्चार सेवा उपलब्ध हुन र आर्थिक स्तरमा सुधार आउनु हो भन्ने लाग्छ तर यतिले मात्र यसको अर्थ पूर्ण भएको मन्न सकिन्न । यो त भौतिक विकास मात्र हो । देशको साहित्य, कला, संगीत, धर्म, संस्कृति जस्ता कुराहरुको पनि समानरुपमा विकास हुनु पर्छ । हाम्रो देशमा युवा वर्गले गर्नु पर्ने कार्य धेरै छन् । विदेशी संस्कृतिका जीवाणुहरु हाम्रो मौलिक संस्कृतिका शक्तिशाली जिवाणुहरुलाई बारम्बार आक्रमण गरी हाम्रो संस्कृतिलाई धमिलाउन खोजिरहेको छ । होम्रो समाज अन्धविश्वास, कुरीति, कुसंस्कार जस्ता कुराले समाजलाई नै खोक्रो बनाई समाजिक हिंसालाई बढवा दिइरहेको छ । अबका युवा वर्गाले यस्ता कुराहरु बहिस्कार गरि समाजलाई उज्यालो तर्फडोर्‍याउनु पर्छ । राष्ट्रले समय अनुसार जनशक्ति उत्पादनमा मात्रजोड दिनु अनि राष्ट्रबाट उत्पादित जनशक्तिले आफनो श्रम र शिक्षाको सही ठाँउमा सदुपयोग गर्न नपाउँदा एक थरी जिम्मेवार युवा बेरोजगार बन्नु परेकोमा विदेश पलायन हुन बाध्य छन् भने अर्को थरी युवा जमात लागुपदार्थ दुर्ब्यसनी, तास, जुवा जस्ता कुलतमा फँसेर आफनो अमुल्यजीवनलाई आनहमा खेर फाल्दै छन् । चेतनाको खडेरी परेको छ । देशमा ठुलठुला राजनैतिक परिवर्तन गर्ने युवाहरु बाटो विराएका छन् । यदि युवाहरुले चाहे भने देश माथिका यस्ता समस्या तत्काल हटाउन सक्दछन् । जब देश विकासमा बाधक तत्वहरुको निर्मुल हन्छ तब मात्रै देशले निश्चित गति पक्रने दखिन्छ ।

अबको समय सबै युवाहरु एक भएर देश निर्माणमा लाग्नु पर्ने समय आएको छ । एक जनाले मात्र यो कार्य गर्न सम्भव छैन । हाम्रो देशमा युवा सम्बन्धि विभिन्न संघ संस्थाहरु छन् । यी संघ संस्थाहरु युवाहरुको विकासका साथसाथै युवाहरुलाई राष्ट्र निमार्णमा लाग्न प्रेरित गर्न र योग्य बनाउन मद्दत पुर्‍याइरहेका छन् । युवाहरुले आफूले सकेसम्म आफ्नो समय समाज सेवामा खर्चिनु पर्दछ । समाजको निर्माण भए पछि देशको विकास सम्भव छ । स्वच्छ समाजको निर्माणमा युवाहरुको ठूलो भूमिका छ । अहिले हाम्रो समाज सभ्यहुन सकेको छैन । पहिला देखि नै हाम्रो समाज विभिन्न कुरीति, कुसंस्कार, कुविचारमा झुन्डेर बसेको छ । यी नराम्रा पक्षहरुले गर्दा धेरै जना समस्यामा पर्ने गरेका छन् । सामाजिककारणले गर्दा धेरै जनाआफ्नो जन्मथलो र कर्मथलो छाडि अन्यत्रबसार्इँ र्सन बाध्यभएका छन् ।

हाम्रो समाजमा अहिले पनि छोरीलाई शिक्षाबाट बन्चित गरिएको पाईन्छ । उनीहरुलाई घरका कार्यमा मात्र सिमित गरिएको पाईन्छ । छोराको आशामा धेरै छोरी जन्माई रहेका छन् । पहिला देखिनै छोरा भनेको र्स्वर्गको बाटो भनिबुझ्ने कुसंस्कारलाई अहिलेसम्म हटाउन गाह्रो भईरहेको छ । यी समस्याहरुलाई हटाउन नसके पनि यसलाई कम गर्न युवा वर्गहरुले विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गर्नु आवश्यक छ । यसै गरी युवावर्गहरुमा संस्कृति, कला, संगीत, धर्म, साहित्य जस्ता महत्वपुर्ण कुराहरुको ज्ञान रहेको पाईदैन । उनीहरु विदेशी संस्कृति, संगीतबाट प्रभावित भएर आफ्नो संस्कृति, संगीत, धर्म बिर्सदै छन् । आफ्नो कला, संस्कृति बचाउनका लागि युवाहरुले विभिन्न कार्यक्रमहरु संचालन गरी युवाहरुलाई कला, संस्कृति, साहित्य बारेमा प्रस्ट पार्नु पर्दछ । २१ औँ शताब्दीमा अंग्रेजी भाषाको धेरै महत्व भएका कारण आफ्नो भाषाको प्रयोग घट्दै गएको पाईन्छ तर भाषा, संस्कृति, कला, साहित्य भनेका हाम्रो सम्पत्ति हुन् । हामी अहिले विश्वमा हाम्रै संस्कृति, कला, साहित्य, धर्मबाट चर्चित भएका छौं । त्यसैले हामीले यी पक्षहरुको संरक्षण गर्नु अति आवश्यक रहेको छ र यसमा युवा वर्गको भूमिका धेरै हुन्छ । यसरी युवावर्गले देशको चौतर्फी विकासमा धेरै ठूलो भूमिका खेलेको पाईन्छ ।

Yuva Nepal Sangathan (YNS)
http://yuvanepalsangthan.wordpress.com

No comments:

Post a Comment