Thursday, October 21, 2010

सुनौलो नेपाल को लागी यसलाई व्यवहारिक रूप माँ प्रयोग गर्नु नै पर्छ !



हाम्रो देशको को स्थिति दिन प्रतिदिन बिग्रँदो स्थिति छ ! देश बिकास गर्न अब कसको मुख ताक्ने हामीले ? नया नेपाल बनाऊछु भन्ने नारा दिय पनि झन् थोत्रो नेपाल भैराखेको छ ! लोडसेडिंग को कारण ले जसरि देश अन्धकारमय छ त्यसरी नै हाम्रो देश अन्धकारमय बन्दै गयको छ ! कसैले कसैलाई नगन्ने अवस्था भयको छ ! केहि गर्छु भन्ने हरु लै गर्ने अवस्था छैन ! राम्रो गरि खानेलाई खान दिंइदैन ! खुट्टा तान्ने हरु को भिड बन्छ ! ठुलो कमि गरि ठुलो मान्छे बन्ने रहर बोकेका मान्छे हरु गुपचुप बस्न मन पराउन थालेको छ ! ठुलो लगानी गरि देशलाई आर्थिक हिसाबमा धनि बनाउने लागानिकर्ता हरु ले लगानी गर्न दर मानि सबै लगानी हरु फिर्ता लागिराखेको अवस्था भैसकेको छ ! देश को राजधानी को मुटु मै मान्छेको हत्या हुन्छ ! देश को सुरक्षा एकदम नाजुक छ ! कसैको सुरक्षा छैन ! जनता त्रसित छन् ! जनता आतंककरी संग मात्र नभई सुरक्षाकर्मी देखि समेत त्रसित हुनु परेको अवस्था छ !
जहिले पनि यस्तै अवस्था रहने हो भने देश कसरि बन्छ ? हाम्रो देशमा विकास भयको हेर्न चाहने हाम्रो सपना कहिले साकार पर्ने ? जहिले पनि यसरि नै भयर बाँच्ने हो ? देशको स्थिति ले गर्दा सबै विदेश पलायन मात्रै हुने स्थिति सृजना गर्ने हो ? अत्ति भयो अब त् ! कसैको मुख नाताकौं अब त ! अब हामि आफ्नो देश आफैले बनाउँ !
ठुल्ठुला भवनहरु हुँदैमा देश बनेको हुँदैन ! सगरमाथा छ र बुद्द जन्मेको देश भन्दै मा देश धनि पनि बन्दैन ! देश धनि हुनका लागि सबैभन्दा पहिले त्यस देशको जनताहरुको मन धनि हुनु अत्यावश्यक छ र जनताको मन धनि बनाऊन सबैभन्दा पहिले आफ्नो मनदेखि शुरु गर्नुपर्छ !


तसर्थ आजै देखि म निम्न कुरा हरु लाइ देशभक्त भै पालना गर्नेछु :
म एक देश भक्त नागरिक हुन् (मेरो जिन्दगी को क्षण क्षणमा म देश लाइ सम्झने छु )
म नेपाली हुनु मा गर्व गर्दछु (संसारको कुनै देशमा गयपनी म नेपाली भन्न हिच्किचाउदीन )
म देश लाइ अहित हुने कुनैपनि कम गर्दिन ( देश प्रति पूर्ण बफादारी भयर काम गर्छु )
म ठुला लाइ आदर र साना लाइ माया गर्छु ( यसलाई म मेरो देशको सांस्कृति बनाऊछु )
म आफुले देशको हित बिपरित गरेको गल्ती को सजायं भोग्न तयार छु ( मेरो देशको कानुनको पूर्ण मान्यता राख्छु )
म कसैले हेफ्दीन र कसैले हेपेको पनि सहदीन ( अरुलाई हेप्नु भन्दा पहिले आफ्नो स्थानको मुल्यांकन गर्छु )
म घुस खादिन र घुस पनि खुवाउदीन (देशको नीति नियममा रही काम गर्छु )
म समय को ख्याल राख्दछु र नेपाली हरु समयलाई निक्कै ख्याल राख्दा रहेछन भन्ने कुरालाई अगाडी बडाउछु ( नेपाली टाइम भन्ने मानसिकतालाई जरोदेखी हटाउछु )
म ड्राइभर भय भने जथाभावी हर्न बजाउन्दीन , जँहापायो तहीं गाडी रोक्दिन ( ट्राफिक नियम को पालन गर्छु जसले )
म यात्रु भय भने जथाभावी बाटो काटदिन ट्राफिक नियमको पालना गर्दछु र क्रमबद्द भै गाडी चढ़ने छु ( जो पहिले गाडी चढ्यो त्यो सिटमा बस्न पायो भन्ने मानसिकता हटाउछु )
म सरकारी कर्मचारी भय भने सरकारको काम कहिले जाला घाम उखानलाई कहिल्यै सम्झ्दीन ( देशको प्रशासनिक कार्य लाइ माथि उठाउछु)
म डाक्टर भय भने आफ्नो काम भन्दा आफ्नो क्लिनिक लाइ बढी ध्यान दिने छु ( सबै नेपाली हरु स्वास्थ्य भै बाच्न पाउने अधिकार लाइ सम्झनेछु )
म ट्राफिक भय भने घुस कहिल्यै खादिन ( ट्राफिक हरु ले गर्दा चालकहरु र यात्रु हरु ले भोग्ने गरेको सास्ती निर्मुल पार्छु )
म प्रहरी भय भने माथि बाट आयको आधेश को पालना गरि दोषी लाइ कहिल्यै निर्दोषी बनाउदिन ( आफ्नो मान्छे भय पछी जस्तो सुकै अपराधलाई माफी दिने र व्यक्तिगत रिसिबी भयका मान्छेलाई अपराधी बनाउने चलन को नाश गर्छु )
म पत्रकार भय भने न्याय गर्ने को पक्ष म लेख्छु राम्रो मान्छेको पक्ष मा कलम चलाउछु !
म शिक्षक भय भने मैले भोगेका परिश्रम हरु र अनुभवलाई बिधार्थिहरु लाइ बाडछु ( आफु शिक्षित भै सबैलाई शिक्षित हुन् प्रेरित गर्छु )
म नेता भय मैले दियको भाषण र जनतालाई दियको बचनको पुरा ख्याल राखी मलाइ दियको जिम्मेवारी निभाउनेछु ( देशभक्त नेता बनेर देखाउनेछु )
म अभिनेता भय भने जनतालाई मनोरंजन दिलाई जनता हरु को मन जित्नेछु ( नेपाली कला लाइ बिश्व मा चिनाउने छु )
म व्यापारी भय भने क्रेता हरु लाइ ठ्ग्दीन चाहिने भन्दा बढी रकम तोक्दीन (सबै जनताले ढुक्क भयर समान किन्न पाउने प्रचलन को शुरु गर्नेछु )
म दलाल भय भने चाहिने भन्दा बढी रकम लिंदीन आफुले गरेको परिश्रम को कर लिन्छु ( दलाल ले म दलाल हो भनेर परिचय दिन सक्ने बाताबरण को सृजना गर्छु )
म भन्सारमा समान जांच गर्ने मान्छे भय भने अर्काको सामान को छोरि गर्दिन ( अर्काको सामान हरु चोरी गरि म देश बदनाम हुन् बाट रोक्छु )
म जातभात को कुनै मतलब राख्दिन ( यसलाई निर्मुल पार्न को लागि म सबै सन्तान लाइ पनि सिकाउछु )
मेरो देश लाइ धर्मनिरपेक्ष राष्ट्र बनाउछु ( म पशुपति गइ पुजा गर्छु र लुम्बिनी गइ बुद्द लाइ भेट्छु , चर्च गइ येशु को प्रार्थना गर्छु र अल्लाह को नाम पुकार्छु )


यति मात्रै होइनन ! हामीले पालना गर्नुपर्ने अझै थुप्रै छन् तर मलाइ लाग्छ हामी सबै नेपाली ले आ आफ्नो पक्ष बाट राम्रो र सच्छा नेपालीपन को पहिचान दिय देशको स्थिति माथि उठ्ने कुरामा दुइ मत छैन !
राज छेत्री
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com

1 comment: