नेपालमा विकासको कु्रा गर्दा एउटा विषयलाई छोड्न मिल्दैन। त्यों हो नेपाल को हुलाकी राजमार्ग ! नेपालका जुन ठाउँमा सडक पुगेको छैन् ती ठाउँ अति विकट मानिन्छ। पहाड र हिमालका अधिकांश जिल्लाहरुको अवस्था हेर्दा पुग्छ। यसैगरी तराई पनि विकासको मेरुदण्ड नै हो। एक दिन पनि तराईका कुनै जिल्ला बन्द भयो भने राजधानीसहित मुलुकका कतिपय ठाउँमा हाहाकार हुनथाल्छ। तराईका विकास नभई समग्र नेपालको विकास असम्भव रहेको कुरा हामी लाइ थाहा नै छ किन की तराई सांस्कृति, आध्यात्मिक, र आर्थिक रूप ले नेपाल को एक बालियो स्तंभ हो !
यसै प्रसङ्गमा तराईमा रहेको हुलाकी सडकलाई फेरि बनाउनु पर्छ किन की यस ले मुलुक को बिकास माँ एक अग्रणीय भूमिका निर्वाह गर्ने छ !
तराई कै मेरुदण्ड मानिएको हुलाकी सडकबाट के कति फाइदा हुने/नहुने कुराको विश्लेषण नगरि हावादारी गफ हाँक्नु अब चाँही सुहाउँदैन्। यी र यस्ता कुरा गर्नेहरु तराईको मात्रै होइन समग्र देशकै अहितका बारेमा खुलेर लागेको भन्दा अनुपयुक्त नहोला।
तराईमा हुलाकी सडकको इतिहास धेरै पुरानो हो। पूर्व–पश्चिम राजमार्ग बन्नु अघि बाँकी नेपाल र तराई जोडने एक मात्र माध्यम हुलाकी सडक नै थियो। कालान्तरमा पूर्व–पश्चिम राजमार्ग बने पछि विद्यमान हुलाकी सडकको सम्भावनालाई बिसर्दै दशकौसम्म विरान बनाउने कार्य भयो।
हुलाकी सडकको अवस्था अहिले अत्यन्त जीर्ण छ। जसका कारण तराईका एक जिल्लाबाट अर्को जिल्ला पुग्न ४/५ घण्टा लगाएर पूर्व–पश्चिम राजमार्ग हुँदै जानु पर्ने विवशता छ।
मधेशमा हुलाकी सडकको कूल लम्बाई करिब १५ सय किलोमिटर छ। यसले नेपाल का १३ जिल्लालाई जोडेको छ। हुलाकी सडकको निर्माणसँगै मधेशका कुना कुनाका गाउँहरुसम्म यातायातका साधन सुलभ हुनेछ। यतिमात्र होइन यसबाट मधेसको आर्थिक, सामाजिक क्षेत्रको पनि विकास हुनेछ। मधेशका गाउँ गाउँमा उत्पादित सामानले सुलभ बजार पाउने छ भने राजगार तथा बजारको पनि प्रसस्त विकास हुने ढोका खुल्नेछ। यसकारण पनि हुलाकी सडक मधेसको विकासको कोसे ढुङ्गा नै हो। तर हुलाकी सडकको विषयमा जसरी भ्रम र्सिजना गरिदैछ त्यो अत्यन्त दुर्भाग्य हो।
हुलाकी सडकबाट नेपालको सुरक्षामा पनि कुनै किसिमको खतरा महसुस हुँदैन्। कारण नेपालको सीमा भएर धेरै यस्ता बाटोघाटो छ जहाँबाट अपराधि आउन जान सक्छन्। तर हुलाकी सडकको निर्माण पछि आपराधिक कार्यमा पनि नियन्त्रण हुने अपेक्षा गर्न सकिन्छ।
देश सेवा बलिदान होइन एक सौभाग्य हो यसरी नै एक दिन हुने छ आत्मनिर्भर परिवार, सुखद छिमेकी, शांत समाज, समृद् जिला , उन्नत अंचल र एक सुनौलो नेपाल ...........
जय नेपाल जय मातृभूमि
राज छेत्री
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com
No comments:
Post a Comment