Monday, October 25, 2010

राष्ट्रीयता को प्रतिक - हाम्रो सांस्कृति, भाषा अनि राष्ट्रिय झण्डा ।

केही अबधि अगाडी एक समुहको कार्यकर्ता हरु ले हाम्रो देशको चन्द्र सुर्य अङ्कित त्रिकोण झण्डा जलाई रहेको दृश्य देखियो त्यसबेला कुन नेपालीको मन झस्किएन होला कुन नेपालीको मन चसक्क बिझेन होला यस्तो लाग्यो नेपालीको नाताले गल्दैछ ! हाम्रो एकता अनि अखण्डता । विखण्डन हुँदै छ देशको सार्वभौमिकता । नेताहरुमा नैतिकता भईदिएको भए जनतामा एकता अनि सचेतता भई दिएको भए यस्तो घटना कदापी हाम्रॊ देशमा हुने थिएन । झण्डा जल्दै रह्यो हामी हरु तमासे भई जल्दै गरेको झण्डा हेरि रह्यौ । कस्तो दुर्दशा विडम्बना लाचारपन झण्डा जलाउने लाई सजायँभागी पनि बनाउन सकेनौ । प्रजातन्त्रको नाममा छाडातन्त्र आई अधोगति हुँदा पनि सचेत नहुँदा यस्तो दिन देख्नु पर्यो । प्रशासनमा शानमान दण्डभेद कानुन सम्मान नरहेको प्रष्ट देखिन्छ । नेपाली झण्डा लाइ नेपाली भूमि माँ उबियर आगो माँ अर्पण गरियो र हाम्रो झंडा चोरस्तामा जल्द्रै रह्यो नेपालीहरु सबैले रातो चन्द्र सूर्य अङ्कित झण्डा भष्म भएको हेर्दै गए । हाम्रो झंडा बिश्व को एक मात्र बेग्लै तीर्कोण आकार को झंडा हो जसले यो स्पष्ट पार्छ की नेपाली कसैको पछाडी होइन यो दुनिया को प्रतिनिधत्व गर्ने सामर्थ्य राख्छ !
रातो रङ्गमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो देशको प्रतिक गौरव गरिमाको उँचाई हो । झण्डा अगाडि हाम्रो मस्तक झुक्छ । चन्द्र सूर्य अटल अजर भए झै नेपालीको शानमान अटल अजर अमर छ । हाम्रो त्रिकोण झण्डा परदेशमा हुँदा जता हामी झण्डा नेपालको देख्छौ देश हाम्रो सामिप्य रहेका अनुभूति हुन्छ । न्यूयोर्कको रकफेलर प्लाजामा नेपालीले झण्डाको समुहमा नेपाली आँखाले आफ्नो देशको झण्डा खोज्छ सँयुक्त राष्ट्र् सँघको अगाडि फहराई रहेको झण्डाले शरीरमा देशप्रतिको राष्ट्यिता जगाई दिन्छ । शरीर हाम्रो परदेशमा रहे ता पनि हाम्रो आत्मा सदैव देशमा रुमल्लिई रहेको हुन्छ । हामी प्रवास प्रति वफादार रहन्छौ भने देशप्रति हामी ईमान्दार रहन्छौ । आफ्नो मातृभूमिलाई आँखाको नानीमा राखेका हुन्छौं ।राष्ट्रि्यताको प्रतिक हाम्रो झण्डा जलेका दृश्य देख्दा नेपालीको मन कल्पियो । विवशताको नाममा विदिर्ण जलेका झण्डा हेर्न हामीले बाँच्नु पर्या । रातो तुलमा बनाईएको चन्द् सूर्य अङ्कित झण्डाप्रति हामी भावुक छौ । देशको बदलिँदो परिस्थितिमा देश दिशाहीन भई भौंतारिदा देशको शान आनमानको प्रतिक झण्डा जलेको हेर्नु पनि नेपालीको दुर्भाग्य हो । हिजो झण्डा नै जलि रहेको थियो । आज देश जलेको पनि हामीले बाध्य हुनु परेको छ । नेपालीको भाग्य जलेको हेर्ने दिनपनि आउन सक्छ ।

झंडा को कुरा चल्दा यो कुरा पनी म भन्न चाहन्छु मेरो साथी हरु ली की ९ ११ पछि अमेरिका भरि नै झण्डा घरैपिच्छे गाडीमा आँगनमा राख्ने लहर आयो । देशमा आईपरेको धनजनको क्षतिमा अमेरिकीहरु साथमा थीय । ट्विन टावर पेन्सलभेनिया पेण्टागनमा भएको क्षतिले सम्पूर्ण अमेरिकीलाई चोट पुगेको थियो । यस्तो राष्ट्रि्यताको लहर आयो न्यूयोर्क शहर त निलो रातो सेतो रङ्गको झण्डाले भरिपुर्ण थियो । हृदयमा परेको गहिरो चोटलाई राष्ट्रिय झण्डालाई आत्मसात गरि सहानुभूति प्रकट गरे ।
९ ११ पछि सबै अमेरिकी एक भए दुःख प्रकट गरे । झण्डालाई आत्मसात गरि राष्ट्रि्य एकताको परिचय दिए । लुगा कपडा सम्पुर्ण सामानहरु झ्ण्डाको मार्का दिएर घरैपिच्छे अमेरिकीहरुले आफ्नो देशको अनुभूति प्रकट गरे । झण्डालाई आधार बनाई आफ्नो ऐक्यबद्धता प्रकट गरे ।

हामी प्रवासी भय पछि मात्रै थाहा लाग्छ राष्ट्रि्यताको प्रतिक झण्डाको कति महत्व हुँदो रहेहछ । यो महाद्विपमा हाम्रो पहिचान नै के हो भन्दा हाम्रो सँस्कृति , भाषा अनि राष्ट्रिय झण्डा ।




देश भन्दा बाहिर नेपाली दाजू भाई हरु झण्डा फहराएर सडकभरि नाचगान गरेर जुलुस निकाल्छन् । आफ्नो पहिचानको परिचय गराउँछन् । झण्डाको सहारा लिन्छन् । आफ्नो देशप्रति गौरवान्वित बन्छन् ।

तर आफ्नै देशमा केहि समुहले आफ्नो देशको झण्डा जलाई रहेको देख्दा सुन्दा आफु अपमानित भएको महशुस गरेको छुँ । विविध देशमा विरोधी समुहले अरु देशको झण्डा दहन गरिएको सुनिएको छ । तर आफ्नो देशमा आफ्नै नेपाली समुदायले झण्डा जलाउनु निर्लज्जताको प्रतिक ठान्दछु । विरोध विद्रोह अभिव्यक्त गर्ने के यो नै तरिका हो त अनियन्त्रित प्रजातन्त्रको परिचय दिएनन् त खुकुरीले नेपाली को बहादुरीको परिचय दिएको छ भने शांति का दूत बुद्द र महान मिथिला नगरी मा जन्म लियर माँ जानकी ले त्याग को परिचय दियकी छीन हाम्रो राष्ट्रि्य झण्डाले नेपालीको गरिमा बढाएको छ । हाम्रो परिचय सँसारभर दिई रहेको छ । यहि गरिमा राष्ट्रि्रयताको प्रतिक झण्डा जलाइर चार जात छत्तिस वर्णको फुलवारीमा आशिँक नेपालीले आफ्नो गद्यारीको परिचय दिएको स्पष्ट हुन्छ ।

र हामी ले बुझनु पर्छ हिमाल पहाड तराई - कोई छैन यंहा पराई , नेपाल हाम्रो घर - नेपाली हाम्रो थर ........

जय नेपाल जय मातृभूमि
राज छेत्री
Yuva Nepal Sanagathan (YNS)
http://yuvanepalsangthan.wordpress.com

Friday, October 22, 2010

हुलाकी राजमार्ग नेपाल बिकास को मेरुदण्ड

नेपालमा विकासको कु्रा गर्दा एउटा विषयलाई छोड्न मिल्दैन। त्यों हो नेपाल को हुलाकी राजमार्ग ! नेपालका जुन ठाउँमा सडक पुगेको छैन् ती ठाउँ अति विकट मानिन्छ। पहाड र हिमालका अधिकांश जिल्लाहरुको अवस्था हेर्दा पुग्छ। यसैगरी तराई पनि विकासको मेरुदण्ड नै हो। एक दिन पनि तराईका कुनै जिल्ला बन्द भयो भने राजधानीसहित मुलुकका कतिपय ठाउँमा हाहाकार हुनथाल्छ। तराईका विकास नभई समग्र नेपालको विकास असम्भव रहेको कुरा हामी लाइ थाहा नै छ किन की तराई सांस्कृति, आध्यात्मिक, र आर्थिक रूप ले नेपाल को एक बालियो स्तंभ हो !
यसै प्रसङ्गमा तराईमा रहेको हुलाकी सडकलाई फेरि बनाउनु पर्छ किन की यस ले मुलुक को बिकास माँ एक अग्रणीय भूमिका निर्वाह गर्ने छ !
तराई कै मेरुदण्ड मानिएको हुलाकी सडकबाट के कति फाइदा हुने/नहुने कुराको विश्लेषण नगरि हावादारी गफ हाँक्नु अब चाँही सुहाउँदैन्। यी र यस्ता कुरा गर्नेहरु तराईको मात्रै होइन समग्र देशकै अहितका बारेमा खुलेर लागेको भन्दा अनुपयुक्त नहोला।
तराईमा हुलाकी सडकको इतिहास धेरै पुरानो हो। पूर्व–पश्चिम राजमार्ग बन्नु अघि बाँकी नेपाल र तराई जोडने एक मात्र माध्यम हुलाकी सडक नै थियो। कालान्तरमा पूर्व–पश्चिम राजमार्ग बने पछि विद्यमान हुलाकी सडकको सम्भावनालाई बिसर्दै दशकौसम्म विरान बनाउने कार्य भयो।
हुलाकी सडकको अवस्था अहिले अत्यन्त जीर्ण छ। जसका कारण तराईका एक जिल्लाबाट अर्को जिल्ला पुग्न ४/५ घण्टा लगाएर पूर्व–पश्चिम राजमार्ग हुँदै जानु पर्ने विवशता छ।
मधेशमा हुलाकी सडकको कूल लम्बाई करिब १५ सय किलोमिटर छ। यसले नेपाल का १३ जिल्लालाई जोडेको छ। हुलाकी सडकको निर्माणसँगै मधेशका कुना कुनाका गाउँहरुसम्म यातायातका साधन सुलभ हुनेछ। यतिमात्र होइन यसबाट मधेसको आर्थिक, सामाजिक क्षेत्रको पनि विकास हुनेछ। मधेशका गाउँ गाउँमा उत्पादित सामानले सुलभ बजार पाउने छ भने राजगार तथा बजारको पनि प्रसस्त विकास हुने ढोका खुल्नेछ। यसकारण पनि हुलाकी सडक मधेसको विकासको कोसे ढुङ्गा नै हो। तर हुलाकी सडकको विषयमा जसरी भ्रम र्सिजना गरिदैछ त्यो अत्यन्त दुर्भाग्य हो।
हुलाकी सडकबाट नेपालको सुरक्षामा पनि कुनै किसिमको खतरा महसुस हुँदैन्। कारण नेपालको सीमा भएर धेरै यस्ता बाटोघाटो छ जहाँबाट अपराधि आउन जान सक्छन्। तर हुलाकी सडकको निर्माण पछि आपराधिक कार्यमा पनि नियन्त्रण हुने अपेक्षा गर्न सकिन्छ।

देश सेवा बलिदान होइन एक सौभाग्य हो यसरी नै एक दिन हुने छ आत्मनिर्भर परिवार, सुखद छिमेकी, शांत समाज, समृद् जिला , उन्नत अंचल र एक सुनौलो नेपाल ...........

जय नेपाल जय मातृभूमि
राज छेत्री
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com

Thursday, October 21, 2010

सुनौलो नेपाल को लागी यसलाई व्यवहारिक रूप माँ प्रयोग गर्नु नै पर्छ !



हाम्रो देशको को स्थिति दिन प्रतिदिन बिग्रँदो स्थिति छ ! देश बिकास गर्न अब कसको मुख ताक्ने हामीले ? नया नेपाल बनाऊछु भन्ने नारा दिय पनि झन् थोत्रो नेपाल भैराखेको छ ! लोडसेडिंग को कारण ले जसरि देश अन्धकारमय छ त्यसरी नै हाम्रो देश अन्धकारमय बन्दै गयको छ ! कसैले कसैलाई नगन्ने अवस्था भयको छ ! केहि गर्छु भन्ने हरु लै गर्ने अवस्था छैन ! राम्रो गरि खानेलाई खान दिंइदैन ! खुट्टा तान्ने हरु को भिड बन्छ ! ठुलो कमि गरि ठुलो मान्छे बन्ने रहर बोकेका मान्छे हरु गुपचुप बस्न मन पराउन थालेको छ ! ठुलो लगानी गरि देशलाई आर्थिक हिसाबमा धनि बनाउने लागानिकर्ता हरु ले लगानी गर्न दर मानि सबै लगानी हरु फिर्ता लागिराखेको अवस्था भैसकेको छ ! देश को राजधानी को मुटु मै मान्छेको हत्या हुन्छ ! देश को सुरक्षा एकदम नाजुक छ ! कसैको सुरक्षा छैन ! जनता त्रसित छन् ! जनता आतंककरी संग मात्र नभई सुरक्षाकर्मी देखि समेत त्रसित हुनु परेको अवस्था छ !
जहिले पनि यस्तै अवस्था रहने हो भने देश कसरि बन्छ ? हाम्रो देशमा विकास भयको हेर्न चाहने हाम्रो सपना कहिले साकार पर्ने ? जहिले पनि यसरि नै भयर बाँच्ने हो ? देशको स्थिति ले गर्दा सबै विदेश पलायन मात्रै हुने स्थिति सृजना गर्ने हो ? अत्ति भयो अब त् ! कसैको मुख नाताकौं अब त ! अब हामि आफ्नो देश आफैले बनाउँ !
ठुल्ठुला भवनहरु हुँदैमा देश बनेको हुँदैन ! सगरमाथा छ र बुद्द जन्मेको देश भन्दै मा देश धनि पनि बन्दैन ! देश धनि हुनका लागि सबैभन्दा पहिले त्यस देशको जनताहरुको मन धनि हुनु अत्यावश्यक छ र जनताको मन धनि बनाऊन सबैभन्दा पहिले आफ्नो मनदेखि शुरु गर्नुपर्छ !


तसर्थ आजै देखि म निम्न कुरा हरु लाइ देशभक्त भै पालना गर्नेछु :
म एक देश भक्त नागरिक हुन् (मेरो जिन्दगी को क्षण क्षणमा म देश लाइ सम्झने छु )
म नेपाली हुनु मा गर्व गर्दछु (संसारको कुनै देशमा गयपनी म नेपाली भन्न हिच्किचाउदीन )
म देश लाइ अहित हुने कुनैपनि कम गर्दिन ( देश प्रति पूर्ण बफादारी भयर काम गर्छु )
म ठुला लाइ आदर र साना लाइ माया गर्छु ( यसलाई म मेरो देशको सांस्कृति बनाऊछु )
म आफुले देशको हित बिपरित गरेको गल्ती को सजायं भोग्न तयार छु ( मेरो देशको कानुनको पूर्ण मान्यता राख्छु )
म कसैले हेफ्दीन र कसैले हेपेको पनि सहदीन ( अरुलाई हेप्नु भन्दा पहिले आफ्नो स्थानको मुल्यांकन गर्छु )
म घुस खादिन र घुस पनि खुवाउदीन (देशको नीति नियममा रही काम गर्छु )
म समय को ख्याल राख्दछु र नेपाली हरु समयलाई निक्कै ख्याल राख्दा रहेछन भन्ने कुरालाई अगाडी बडाउछु ( नेपाली टाइम भन्ने मानसिकतालाई जरोदेखी हटाउछु )
म ड्राइभर भय भने जथाभावी हर्न बजाउन्दीन , जँहापायो तहीं गाडी रोक्दिन ( ट्राफिक नियम को पालन गर्छु जसले )
म यात्रु भय भने जथाभावी बाटो काटदिन ट्राफिक नियमको पालना गर्दछु र क्रमबद्द भै गाडी चढ़ने छु ( जो पहिले गाडी चढ्यो त्यो सिटमा बस्न पायो भन्ने मानसिकता हटाउछु )
म सरकारी कर्मचारी भय भने सरकारको काम कहिले जाला घाम उखानलाई कहिल्यै सम्झ्दीन ( देशको प्रशासनिक कार्य लाइ माथि उठाउछु)
म डाक्टर भय भने आफ्नो काम भन्दा आफ्नो क्लिनिक लाइ बढी ध्यान दिने छु ( सबै नेपाली हरु स्वास्थ्य भै बाच्न पाउने अधिकार लाइ सम्झनेछु )
म ट्राफिक भय भने घुस कहिल्यै खादिन ( ट्राफिक हरु ले गर्दा चालकहरु र यात्रु हरु ले भोग्ने गरेको सास्ती निर्मुल पार्छु )
म प्रहरी भय भने माथि बाट आयको आधेश को पालना गरि दोषी लाइ कहिल्यै निर्दोषी बनाउदिन ( आफ्नो मान्छे भय पछी जस्तो सुकै अपराधलाई माफी दिने र व्यक्तिगत रिसिबी भयका मान्छेलाई अपराधी बनाउने चलन को नाश गर्छु )
म पत्रकार भय भने न्याय गर्ने को पक्ष म लेख्छु राम्रो मान्छेको पक्ष मा कलम चलाउछु !
म शिक्षक भय भने मैले भोगेका परिश्रम हरु र अनुभवलाई बिधार्थिहरु लाइ बाडछु ( आफु शिक्षित भै सबैलाई शिक्षित हुन् प्रेरित गर्छु )
म नेता भय मैले दियको भाषण र जनतालाई दियको बचनको पुरा ख्याल राखी मलाइ दियको जिम्मेवारी निभाउनेछु ( देशभक्त नेता बनेर देखाउनेछु )
म अभिनेता भय भने जनतालाई मनोरंजन दिलाई जनता हरु को मन जित्नेछु ( नेपाली कला लाइ बिश्व मा चिनाउने छु )
म व्यापारी भय भने क्रेता हरु लाइ ठ्ग्दीन चाहिने भन्दा बढी रकम तोक्दीन (सबै जनताले ढुक्क भयर समान किन्न पाउने प्रचलन को शुरु गर्नेछु )
म दलाल भय भने चाहिने भन्दा बढी रकम लिंदीन आफुले गरेको परिश्रम को कर लिन्छु ( दलाल ले म दलाल हो भनेर परिचय दिन सक्ने बाताबरण को सृजना गर्छु )
म भन्सारमा समान जांच गर्ने मान्छे भय भने अर्काको सामान को छोरि गर्दिन ( अर्काको सामान हरु चोरी गरि म देश बदनाम हुन् बाट रोक्छु )
म जातभात को कुनै मतलब राख्दिन ( यसलाई निर्मुल पार्न को लागि म सबै सन्तान लाइ पनि सिकाउछु )
मेरो देश लाइ धर्मनिरपेक्ष राष्ट्र बनाउछु ( म पशुपति गइ पुजा गर्छु र लुम्बिनी गइ बुद्द लाइ भेट्छु , चर्च गइ येशु को प्रार्थना गर्छु र अल्लाह को नाम पुकार्छु )


यति मात्रै होइनन ! हामीले पालना गर्नुपर्ने अझै थुप्रै छन् तर मलाइ लाग्छ हामी सबै नेपाली ले आ आफ्नो पक्ष बाट राम्रो र सच्छा नेपालीपन को पहिचान दिय देशको स्थिति माथि उठ्ने कुरामा दुइ मत छैन !
राज छेत्री
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com

देश विकासमा युवा वर्गको भूमिका !

देश विकासमा युवा वर्गको भूमिका !



युवा द्धारा कुनै पनि देशको यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, संस्कृति जस्ता पक्षहरुको उन्नतिको लागि गरिने कार्यको उत्तरदायित्व नै देश विकासमा युवा वर्गको भुमिका हो ।

युवा भनेको देशको मेरुदण्ड पनि मानिन्छ । देश विकासमा युवाहरुको सबै भन्दा बढी योगदान रहेको छ । युवाहरुको पाखुरामा आँट, साहस र बलको भण्डार रहेको हुन्छ । विभिन्न क्षेत्रमा छरिएर रहेका उनीहरुको ज्ञान, सिप र कलाको उपयोग गरिएमा पहाडलाई मैदान र मरुभुभिलाई हरिलो भरिलो र रङ्गी चङ्गी बगैचा बनाउन धेरै समय लाग्दैन । यर्सथ देश निर्माणको प्रमुख स्रोत भनेको युवा वर्ग हो । युवा वर्गलाई देश निर्माण र विकासमा प्रयोग गर्न सके चाडै नै देशले काँचुली फर्ेन सक्छ । युवा उमेर भनेको यस्तो उमेर हो जुन बेला उ हरेक दृष्टिले परिपक्क र शक्तिशाली हुन्छ । शारीरिक र मानसिकरुपले स्वस्थ्य, तन्दुरुस्त रहेको अवस्थानै युवा अवस्थाहो । यो मानव जीवनको र्सवाधिकशक्तिशाली र उर्वर यामहो ।

युवाआ-आफ्नो कार्यमा व्यस्त हुन्छन् । धेरै युवाहरु आफ्नो पढाइमा व्यस्तहुने गर्दछन् । अरु युवाहरु विभिन्न व्यवसायमा सङ्लगन हुन्छन् । सबैले आ-आफ्नो क्षेत्रबाट देशको विकासमा मद्दत पुर्‍याइरहेको छन् तर उनीहरुको एकल प्रयासले देश विकास हुन सक्दैन । सबै वर्ग, पेसा र तहका मानिसहरुको सहभागिता यसमा हुन जरुरी छ । जसरी थोपाथोपापानी मिलेर समुद्र बन्छ भने झै व्यक्तिले आ-आफ्नो क्षेत्रबाट दिएको श्रम र बगाएको पसिनाले महानदीको रुप धारण गर्छ । झट्ट सुन्दा देशविकास भनेको गाउँ-गाउँमा शिक्षालय खुल्नु, ठाँउठाँउमा मोटरबाटो पुग्नु, अस्पताल र स्वास्थय चौकी बन्नु, सञ्चार सेवा उपलब्ध हुन र आर्थिक स्तरमा सुधार आउनु हो भन्ने लाग्छ तर यतिले मात्र यसको अर्थ पूर्ण भएको मन्न सकिन्न । यो त भौतिक विकास मात्र हो । देशको साहित्य, कला, संगीत, धर्म, संस्कृति जस्ता कुराहरुको पनि समानरुपमा विकास हुनु पर्छ । हाम्रो देशमा युवा वर्गले गर्नु पर्ने कार्य धेरै छन् । विदेशी संस्कृतिका जीवाणुहरु हाम्रो मौलिक संस्कृतिका शक्तिशाली जिवाणुहरुलाई बारम्बार आक्रमण गरी हाम्रो संस्कृतिलाई धमिलाउन खोजिरहेको छ । होम्रो समाज अन्धविश्वास, कुरीति, कुसंस्कार जस्ता कुराले समाजलाई नै खोक्रो बनाई समाजिक हिंसालाई बढवा दिइरहेको छ । अबका युवा वर्गाले यस्ता कुराहरु बहिस्कार गरि समाजलाई उज्यालो तर्फडोर्‍याउनु पर्छ । राष्ट्रले समय अनुसार जनशक्ति उत्पादनमा मात्रजोड दिनु अनि राष्ट्रबाट उत्पादित जनशक्तिले आफनो श्रम र शिक्षाको सही ठाँउमा सदुपयोग गर्न नपाउँदा एक थरी जिम्मेवार युवा बेरोजगार बन्नु परेकोमा विदेश पलायन हुन बाध्य छन् भने अर्को थरी युवा जमात लागुपदार्थ दुर्ब्यसनी, तास, जुवा जस्ता कुलतमा फँसेर आफनो अमुल्यजीवनलाई आनहमा खेर फाल्दै छन् । चेतनाको खडेरी परेको छ । देशमा ठुलठुला राजनैतिक परिवर्तन गर्ने युवाहरु बाटो विराएका छन् । यदि युवाहरुले चाहे भने देश माथिका यस्ता समस्या तत्काल हटाउन सक्दछन् । जब देश विकासमा बाधक तत्वहरुको निर्मुल हन्छ तब मात्रै देशले निश्चित गति पक्रने दखिन्छ ।

अबको समय सबै युवाहरु एक भएर देश निर्माणमा लाग्नु पर्ने समय आएको छ । एक जनाले मात्र यो कार्य गर्न सम्भव छैन । हाम्रो देशमा युवा सम्बन्धि विभिन्न संघ संस्थाहरु छन् । यी संघ संस्थाहरु युवाहरुको विकासका साथसाथै युवाहरुलाई राष्ट्र निमार्णमा लाग्न प्रेरित गर्न र योग्य बनाउन मद्दत पुर्‍याइरहेका छन् । युवाहरुले आफूले सकेसम्म आफ्नो समय समाज सेवामा खर्चिनु पर्दछ । समाजको निर्माण भए पछि देशको विकास सम्भव छ । स्वच्छ समाजको निर्माणमा युवाहरुको ठूलो भूमिका छ । अहिले हाम्रो समाज सभ्यहुन सकेको छैन । पहिला देखि नै हाम्रो समाज विभिन्न कुरीति, कुसंस्कार, कुविचारमा झुन्डेर बसेको छ । यी नराम्रा पक्षहरुले गर्दा धेरै जना समस्यामा पर्ने गरेका छन् । सामाजिककारणले गर्दा धेरै जनाआफ्नो जन्मथलो र कर्मथलो छाडि अन्यत्रबसार्इँ र्सन बाध्यभएका छन् ।

हाम्रो समाजमा अहिले पनि छोरीलाई शिक्षाबाट बन्चित गरिएको पाईन्छ । उनीहरुलाई घरका कार्यमा मात्र सिमित गरिएको पाईन्छ । छोराको आशामा धेरै छोरी जन्माई रहेका छन् । पहिला देखिनै छोरा भनेको र्स्वर्गको बाटो भनिबुझ्ने कुसंस्कारलाई अहिलेसम्म हटाउन गाह्रो भईरहेको छ । यी समस्याहरुलाई हटाउन नसके पनि यसलाई कम गर्न युवा वर्गहरुले विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गर्नु आवश्यक छ । यसै गरी युवावर्गहरुमा संस्कृति, कला, संगीत, धर्म, साहित्य जस्ता महत्वपुर्ण कुराहरुको ज्ञान रहेको पाईदैन । उनीहरु विदेशी संस्कृति, संगीतबाट प्रभावित भएर आफ्नो संस्कृति, संगीत, धर्म बिर्सदै छन् । आफ्नो कला, संस्कृति बचाउनका लागि युवाहरुले विभिन्न कार्यक्रमहरु संचालन गरी युवाहरुलाई कला, संस्कृति, साहित्य बारेमा प्रस्ट पार्नु पर्दछ । २१ औँ शताब्दीमा अंग्रेजी भाषाको धेरै महत्व भएका कारण आफ्नो भाषाको प्रयोग घट्दै गएको पाईन्छ तर भाषा, संस्कृति, कला, साहित्य भनेका हाम्रो सम्पत्ति हुन् । हामी अहिले विश्वमा हाम्रै संस्कृति, कला, साहित्य, धर्मबाट चर्चित भएका छौं । त्यसैले हामीले यी पक्षहरुको संरक्षण गर्नु अति आवश्यक रहेको छ र यसमा युवा वर्गको भूमिका धेरै हुन्छ । यसरी युवावर्गले देशको चौतर्फी विकासमा धेरै ठूलो भूमिका खेलेको पाईन्छ ।

Yuva Nepal Sangathan (YNS)
http://yuvanepalsangthan.wordpress.com

Friday, October 15, 2010

फेरी एउटा बुद्ध चाहियो ...

कुनै दिन शान्ति क्षेत्र घोषणा भएको यो देश
आझ अशान्ति को माझ मा शान्ति खोजि रहेछ !!
निर्मल पानि बोकी कल कल बग्ने खोला
आज आफ्नै सन्तान को रगत बगाई रहेछ !!


किताब कपि खेलाउने कलिलो हात
बारुद र बन्दुक खेलाउँ बिबश भएको छ!!
सिन्दुर पुछिएका चेली का चित्कार ले
नेपाल आमा को छाती चिरिएको छ !!




हिजो सम्म रमाइलो लाग्ने बन पाखाहरु
आज डर र त्रास ले बिरानो भएका छन् !!
असुरक्षा र अनिश्चितता ले दाइ भाइ
स्वदेस छाडी बिदेस तानिएका छन्!!


जनता लाइ सपना र आशा त्यान्द्रा मा झुन्ड्याई
नेता हरु कुर्शी को पछाडी कुदी रहेछन!!



तर अझै सुनौलो भबिस्य को सपना देखि नेपालि हरु
गर्दै प्राथना बालि रहेछन दियो हरु
त्यसैले देब !मेरो मात्री भुमि नेपाल मा
फेरी एउटा बुद्ध चाहियो ...




Yuva Nepal Sangathan (YNS)

http://yuvanepalsangthan.wordpress.com/

देश को आशु मिलर पुछौला !!

राष्ट्र सेवक को पीढा कसले बुझला .............
दही अछेता बैरेक मै मुछौला -
देश को आशु मिलर पुछौला !!

कल्पना को संसार.........

कल्पना को संसार.........


म नालापानी मा हिंड्दै रहेछु । अचानक मैले एक खुकुरी र ढाल् धारी , बलिश्ठ छाती भएको पुरूषलाई हिडिरहेको देखेँ । उनको दाहिने हातको कान्छी औंलाबाट रगत बगिरहेको पनि देखे । उनी बीर बलभद्र कुंवर रहेछन । म मा हर्ष अचम्मको कुनै सिमा रहेन ।

...

उत्सुकता पूर्वक सोधें - तपाई ,,,...,तपाई बलभद्र कुंवर हैन ? अग्रेजसंग लड़ने । नाइस टू मीट यू । मैले तपाईको बारेमा पढेको थिएँ चार कक्षा मा।



उनले निरास मुद्रामा भने -तिमीहरुले हाम्रो देशभक्ति र बलिदान मात्र किताबको पान्नामा सिमित गरेका छौ हैन ?



http://yuvanepalsangthan.wordpress.com/

हाम्रो नेपाल को मुल्य ले डालर लाइ टक्कर दिने छ !

प्रिय मित्र सुनील जी ले लेखनु भयो .......

One day Nepal will be the one of the developed country in the world......as at present the Nepal money is being invested in other countries for higher education......and the economy of Nepal r getting down due to this.....When all young ll back to Nepal after earning money in dollars lets imagine where Nepal ll be......

प्रिय मित्र सुनिल जी हजुर ले ठिक भन्नु भयो आज हाम्रा नेपाली प्रतिभा हरु कोइ आर्थिक भने कोइ शिक्षा को लागि बिदेशियाका छन् तर हामी चाहन्छौ कि आउने वाला पिढी लाइ बिदेशिनु न परोस ! जैले सबै नेपाली युवा हरु विदेश बाट खुन पसिना ले रकम कमायर लेयाई आफ्नो देश मा निवेश गर्छन , जैले नेपाली विधार्थी हरु बाहिर बाट उच्च शिक्षा र त......किनिकी ज्ञान लियर आइ नेपाल मा तेस्को सदुपयोग गर्छन, जब नेपाली हरु घृणा त्यागेर प्रेम र एकता को सुत्र मा बाधिन्छ्न किन कि नेपाल को आधा भन्दा धेरै समस्या को हल जागरुकता, एकता र प्रेम हो, जैले नेपाली युवा हरु सामाजिक कार्य र दायित्व लाइ समय को बर्बादी होइन एक नैतिक कर्तव्य को रुप मा सम्झेर भागीदार हुन्छन त्यो दिन निश्चय नि हजुर को , मेरो, र हाम्रो नेपाल विश्व को एक विकसित देश हुने छ र नेपाल एक सुनौलो नेपाल बनि चम्किने छ त्यो दिन निश्चय नै हाम्रो नेपाल को मुल्य ले डालर लाइ टक्कर दिने छ !

यो मेरो मात्र कामना होइन सम्पूर्ण नेपाली को कामना हो त् फेरी नेपाली दाजु भाइ हामी हरु किन एकताबद्द न हुने, किन हामी एकता लाइ छोडी अनेकता मा रमाउने !



यदि म गलत भय प्रतिक्रिया आवश्य दिनु...
http://yuvanepalsangthan.wordpress.com

देशभक्ति को लागी डिग्री होइन माया चाहिन्छ माया

कान्छो फ़ोहरको थुप्रोबाट काँच र प्लास्टिक उठाउने काम गर्थ्यो अनि त्यसबाट पाएको पैसाले बाबु-आमालाई मद्दत गर्दथ्यो । गरिब भएकै कारणले उसले पढन-लेख्न पाएको थिएन । पढाइ लेखाइ नभए तापनि ठूले असाध्यै इमान्दार थियो । असल केटोमा उसको नाम आउँथ्यो ।


एक दिन फोहोर उठाउने बेला माँ एक जाना बिदेशी संग एक जना नेपाली आय र भने - तिमी त्यों सुंगुर को बच्चा हरु ली यो फोहोर को थुप्रो माँ बोलाऊ न हामी तेस्को तस्वीर खिची लन्दन को पत्रिका माँ छाप्छौ !

कान्छो ले भन्यो किन नि यहाँ त फोहोर अली कती मात्र छ खींचनी भय धेरै फोहोर भयको ठाऊ माँ खिचौ न हिड्नुस म हजुर लाइ ठुलो फोहोर को थुप्रो भयको ठाऊ माँ लैजान्छु ! कान्छो पनी गाड़ी माँ बसेर उनी हरु संग फोहोर को ठुलो थुप्रो खोजन गयो तर बेलुका सम्म कतई पनी त्यों भन्दा धेरै फोहोर भयको ठाऊ देखेन ! बेलुका त्यों बिदेशी संग को नेपाली मान्छे ले उस लाइ गाली गरी थर्कायो र दिन भरी को निवेक पनी दियन र भोली आर्को दिन फोटो खिचन आउछु भनी गयो !

भोलिपल्ट लगभग त्यही समयमा नेपाली त्यों बिदेशी साहेबलाई लिएर गाडी घ्याच्च रोकेर यताउति हर्ेन थाल्यो । "ठाउँ त यहीं जस्तो लाग्छ, होइन बाटो भुलिएछ कि क्या हो - गल्ली गल्लीको बाटो यस्तै हुन्छ । - ड्राइबरको आवाज सुनेर कान्छो मुलुक्क अगाडि आइपुग्यो ।

उसलाई देख्नासाथ त्यों नेपाली मानिस ले भन्यो - "ए केटा हिजोको ठाउँ नै होइन त यो-"

"किन र ठाउँ चिन्नु भएन -"

"अनि खोइ त फोहरको थुप्रै छैन, अनि सुंगुर पनि एउटा देखिंदैन ।"

"ए त्यो त सबै हामीले हिजो नै सफा गयौं नि ! रातारात सबै मिलेर गरेपछि त एकदिनमा सफा भइहाल्यो नि !" त्यों नेपाली को शिर एकाएक झुक्यो।


त्यसमाथि कान्छो ले थप्यो - "बुझ्नु भो दाइ अब कुनै पनि विदेशीले नेपालको फोहरको चित्र खिच्न पाउँदैन । अब हामी सबै मिली हाम्रो टोल सफा राख्छौं । अब नेपालको फोहरी चित्र बाहिर जान पाउँदैन, अब नेपालको सुन्दर चित्र मात्रै जान्छ, खिच्नोस् न ड्राइबर साहेब ।"


ऊ त्यहाँ हेर्नोस त घण्टाघर कति राम्रो छ ।

कान्छो को कुराले त्यों नेपाली दाई लाज मर्नु नै भयो अनि त टाउको निहुराएर गाडीभित्र छियो । गोरे साहेबले त के भने कुन्नि ! कान्छो चाहिं सगरमाथा उक्लेको गौरव ले तनक्क तन्किएर घरतिर लाग्यो ।


अब हजुर हामी नै परिकल्पना गरौ की हामी कान्छो बन्न रुचाउछौ अथवा या आर्को नेपाली दाई !

जय नेपाल जय मातृभूमि जय होस


Raj Chhetri


युवा नेपाल संगठन (YNS)

http://yuvanepalsangthan.wordpess.com/

परदेश मा रहेका हाम्रा सम्पूर्ण दाजू भाई हरु लाइ सन्देश छ की

परदेश मा रहेका हाम्रा सम्पूर्ण दाजू भाई हरु लाइ सन्देश छ की


राता टीका निधारमा सुन सरी जमरा
सयपत्री डिलैभरी मन भयो भमरा
नीलो गगन स्वच्छ हावा छङछङ गर्छ छहरा
शुभकामना छ है हजुर दशैं तिहारमा



कतै हाँसो कतै आँशु के के भयो हिजो खै ?
अघि बडौं भोलिकालाई आजैदेखि एक भै
हिमालपारी गाउँ मेरो गह्रौ सुरको काखमा
बुढीआमा गाउँमै भएनी आशिर्वाद छ साथमा



आए होलान् छिमेकीका लाहुरे छोरा घरमा
टोलाउँछिन् कि आमा मेरी कुर्दै भन्ज्याङ वरमा
यो दशैंमा आउन पाइन खवर देउ है हुलाकी
लिई आउँला अर्को साल माडबारी, चन्द्रकाँटा बुलाकी


रोटी अचार खाउँला आमा मजेरिमा बसेर
बुढो घरलाई सजाउनेछु गेरु कमेरो धसेर
अर्को साल दशैं तिहार मनाउँला साथमा
बिन्ति छ है आमा मेरो नरोइ बस्नु रातमा



मनभरी संझना र माया मुटुभरी छ
बालपनमा काख छाडें आँखों झरी सरी छ !

जय नेपाल जय मातृभूमि
सम्पूर्ण नेपाली र नेपाल को जय होस !



http://yuvanepalsangthan.wordpress.com/
फौजी लाइ कुन हो दशैं - कुन हो चाड तिहार !!




...
चौकीदारी गर्न देश को- राष्ट्र सेवक बने ,


साथी संगी घर परिवार न मान्नु है हार !!


फौजी लाइ कुन हो दशैं - कुन हो चाड तिहार !!



कर्तव्य नै हाम्रो दशैं , कर्तव्य नै हाम्रो चाड तिहार !!




Yuva nepal sangathan (YNS)



http://yuvanepalsangthan.wordpress.com/


हामी नेपाल लाइ नै सुनौलो नेपाल बनाउछौ !

मेरो नजर माँ यदि धरती माँ कहीं स्वर्ग छ भने त्यों हाम्रो नेपाल हो , त्यों तिम्रो नेपाल हो , त्यों मेरो नेपाल हो , त्यों एक मात्र मातृभूमि नेपाल हो ! नेपाल लाइ स्विजरलेंड किन बनाउने - हामी नेपाल लाइ नै सुनौलो नेपाल बनाउछौ ! कसो साथी हो ------
राज छेत्री
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com/

कुनै पनी देश perfect हुदैन ! तेस्लई Perfect बनाउन पर्छ -

कुनै पनी देश perfect हुदैन ! तेस्लई Perfect बनाउन पर्छ - तेस कारण हामी युवा हरु पुलिस माँ भर्ना हौं - सेना Join गरौं - लोक सेवा र सरकारी बिभाग माँ भागीदार हौं - सामाजिक छेत्र माँ अगाडी बढौ - Poltics को हिस्सा बनेर यो देश को सरकार चलाऊं ! फेरी यो देश फेरिन्छ - हामी फेरछौ यो System लाइ र देश लाइ !जिंदगी जिउने दुई तरीका ...हुन्छ एउटा जो भई राखेको छ त्यों हुन देऊ - सहन गरेर बस - या दोस्रो तरीका जिम्मेदारी वहन गरौं तेस लाइ फेरन को लागी !
आउनुस हाथ मिलाउनुस परिवर्तन लेयाउनुस !
जय नेपाल जय मातृभूमि जय होस
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com/

Online Membership Form
https://spreadsheets.google.com/viewform?formkey=dDhPZWFqZFBac1lZeWdRbEVkR3pHS1E6MQ

बुद्ध जानकी अनि म र तिमी जन्मेको हाम्रो देश हो नेपाल ।।

धन्यवाद प्रिय मित्र शालिकराम पन्थ ( दिगाम ०६ गुल्मी नेपाल र हाल माँ : अबुधाबी यू. ए. ई. ) बाट यति मिठो रचना एवं संकलन हामी नेपाली भाई बहिनी हरु लाइ पस्किनु भयको माँ ! कृपया यस लाइ पढ़ी दिनु हुन मेरो आग्रह छ !

संघियता जातिवाद र नेपाल
संघियता र जातिवादको कुन युगमा जादैछौ तिमी आज ।
सोच्यौं एकपल्ट अनि देखाऊ एउटै राष्ट्रियत...ा संसार माझ ।।
म नेपाली नै हो हैन नेवा, कोचिला र थारुवान ।
तिमी जे चाहे भन मलाई म हैन किरात अनि लिम्बुवान ।।

मलाई थाहा छ जन्मे त्यतिबेला मेरो देश नेपाल थियो ।
म हुर्के बढें अनि पढें त्यो देश पनि नेपाल नै थियो ।।
आज एक्काइसौं शताब्दीको मानव म कसरी ''नेपालीबाट" भोजपुरी भए ?
कसरी अवध, तमुवान ताम्सालीङ्ग र मिथिला भए ?

मधेश अलग भयो रे काठमाण्डौं अब राजधानी रहेन भन्छन् ।
नदि नाला र सिमा क्षेत्र भारत र चिनले मेरो भन्छन् ।
बुद्धको जन्मस्थल पनि आज भारतले मेरो हो भन्छ ।
सगरमाथा र कञ्चनजङ्घा भोली चिनले मेरो हो भन्छ ।।

कहिले उठ्छौं तिमी मेरो हो भन्न तिम्रो आफ्नो नेपाललाई ?
उठ् जाग अनि भगाऊ ति संघियताका पहरेदारहरुलाई ।।
सेती कर्णाली र भेरी कर्णाली किन भन्छौं मेरो देश हो नेपाल ।
बुद्ध जानकी अनि म र तिमी जन्मेको हाम्रो देश हो नेपाल ।।

युवा नेपाल संगठन ( YNS )
जय नेपाल जय मातृभूमि जय होस
http://yuvanepalsangthan.wordpress.com/