Wednesday, January 12, 2011

यो राष्ट्र कुनै लेनिन , माओत्सेतुङ ,कार्ल मार्क्स वा गान्धी आएर एकिकरण गरेको होईन !


हिजो पृथ्वीनारायण शाहको २८९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस थियो तेस कारण सबै नेपाली जनतालाई चेतना छ की यो राष्ट्र कुनै लेनिन , माओत्सेतुङ ,कार्ल मार्क्स वा गान्धी आएर एकिकरण गरेको होईन ! उनी एक शासक मात्र न भयर नेपाल निर्माता थीय र यो सत्य हो की उनी न भयको भय आज हामी नेपाली हुने थियनौ तेस कारण उनी लाइ र उनको योगदान लाइ सम्मान गरौ !

मलाई बिश्वास गर मेरी नेपाल आमा ..
म जती टाढा भय पनी तिम्रै कोख को संतान हूँ !!
एक मुट्ठी रगत रहून्जेल सम्म तिम्रै लागी लड़ने छू ..
बिश्व माँ तिमी लाइ चिनाई छाड़ने प्रण पनी गरेको छू !!

आज हामी सबै माँ राष्ट्र र राष्ट्रीयता को भावना लाइ जागृत गर्ने आवश्यकता आयको छ ! हामी हरु माँ कम हुँदै गयको एकता र आत्मबिश्वास ले हामी लाइ अत्यंत बिषम परिस्थिति माँ लेयाई पुरयायको छ ! संवेदनशील मुद्दा हरु माँ हामी युवा हरु को मौन ले अवसरवादी हरु को हौसला बढाउने काम गरेको छ !

पर भर पर्न हुन्न मिलिजुलि आजैदेखि
कर्मज्योति बाल्नु पर्छ माटो हाम्रो सजाउन ।

आपसमा लुछाचुँडी नगरेर हृदयमा
देशभक्ति पाल्नुपर्छ माटो हाम्रो सजाउन ।

अबको दिनमा हाम्रो लडाईं बारुदको होईन बुद्दिको हुनु पर्छ ! सबैको भावनालाई सङ्गालेर जीवन पथमा अघि बड्नु पर्छ !

जय नेपाल जय मातृभूमि जय होस
युवा नेपाल संगठन (YNS)

युवा नेपाल संगठन सदस्यता प्रपत्र ( YNS ) PLz JOIN....................
युवा नेपाल संगठन सदस्यता प्रपत्र ( YNS )

(By - Raj Chhetri)

Monday, January 10, 2011

नेपाल एकीकृत गरने महान आत्मा लाइ सत सत नमन


आज ११ जनवरी - पौष २७ गते !

आज स्वर्गीय बड़ा महाराज श्री पृथ्वी नारायण शाह को जन्मदिवस हो जसलाई बिगत माँ एकता दिवस को रूप माँ मनाउने गरिन्थ्यो ! म व्यव्क्तिगत रूप ले उन लाइ एउटा शासक भन्दा बड़ी एउटा नेपाल निर्माता को रूप माँ देख्द्छू ! उनी एक शासक मात्र न भयर नेपाल निर्माता हुनु हुन्थ्यो ! यो टुकरा टुकरा परेको राज्य हरु लाइ जोडेर एक सींगो नेपाल बनाउने श्रेय उनकै देन हो ! कुनै महान शासक अथवा मानिस को १५ औं -१६ औं पीढ़ी को संतान ले गलती गर्यो भन्दै माँ सम्पूर्ण पुरखा हरु लाई अपमान गर्नु हुदैन ! उनी हाम्रो अतीत को प्रतिबिम्ब हुन उन लाइ सम्मान र आउने पीढ़ी लाइ उनको योगदान को इतिहास को जानकारी दिनु पर्दछ ! आज शायद उनी न भयको भय हामी हरु को नेपाल हुने थियन होला र हाम्रो केही भूभाग चीन तीर र केही भूभाग भारत तीर हुन्थ्यो होला ! हाम्रो नेपाल न हुदा शायद आज हामी ले आफु लाइ नेपाली भनेर पनी परिचय दिन सकिन्थियन होला !

आज उनको जन्म जयंती माँ महान आत्मा लाइ नमन गर्न को साथ एक सुनौलो नेपाल को लागी सबै लाइ एक जुट हुन आह्वाहन गर्दछु !


उनका महान वाणी को केही अंश - "प्रजाहरुको रगत पसिना र मैले १८ , १९ बर्ष देखी बडो ढुख गरेर अर्ज्याको यो राज्यको तिमीहरु सबै मिलेर रक्षा गर । मैले तिमिहरुलाइ निती,नियम धर्म र राज्य सन्चालन गर्न आवश्यक कुराहरु बताएकै छु र एकै ठाउमामा पनि राखिदिएको छु। आपशी बैमनुस्य ,रिस रागले राष्ट्रमा असार नपरोस । तिमीहरुकै रगत पसिनाले भिजेर यो राष्ट्र एकीकृत भै नेपाल राष्ट्र बनेको छ। यो राष्ट्र चन्द्र सुर्य रहे सम्म अमर रहोस - पृथ्वी नारायण शाह"

राज छेत्री
जय नेपाल जय मातृभूमि
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com

Wednesday, November 17, 2010

" जस्न-ऐ ईद मुबारक "

"अस्स्लावालेकुम " मेरा सबै मित्र हरु लाइ ..........

हामी नेपाली पनी कती "LUCKEY" छौ की हामी ले बर्ष भरी रमाइलो गरी
ख़ुशी मनाउने र एक आर्का लाइ बधाई दिने मौका पाई राख्छौ !

यसै क्रम माँ आज फेरी हजुर र यो पूरा मानव जगत लाइ
" जस्न-ऐ ईद मुबारक "

राज छेत्री

Tuesday, November 16, 2010

गोरखाली र नेपाली बिच को अंतर................

गोरखाली र नेपाली बिच को अंतर................
बीरता को कुरा गर्दा गोरखाली एक बीर जाती हो यो कुनै शंका को बिषय होइन एक फेर हिटलर जस्तो सिपाही ले पनी भनेको थियो की यदि गोरखा हरु को जस्तो पलटन मैले पाउने हो भने मैले पूरा दुनिया माँ राज गर्न सक्छु ! असल माँ गोरखा जाती एक समुदाय हो जो दक्षिण एशिया को मिडिल इस्ट जोन माँ बसोबास गर्छन !

आज को समय माँ धेरै मानिस भ्रमित छन की गोरखाली र नेपाली एकै हुन ?

गोरखाली र नेपाली माँ जमीन आकाश को अंतर छ किन की गोरखाली एक समुदाय हो र ठीक यसको बिपरीत नेपाली एक मुलुक को राष्ट्रीयता ... ..............



गोरखाली समुदाय ले मूलत: रूप माँ खस भाषा प्रयोग गर्छन जो नेपाल को अधिकारिक राजभाषा भयको ले यस लाइ नेपाली भाषा को नाम ले चिनिने गरिन्छ ! गोरखाली समुदाय माँ यस्तो अनिवार्य छैन की उनी भाषिक रूप ले नेपाली छन भने उनी नेपाली नै हुन ,,, गोरखाली नेपाली पनी हुन सक्छ , भूटानी पनी हुन सक्छ, तिब्बती पनी हुन सक्छ, भारतीय (सिक्किमी, दार्जिलिंग, कुमाऊं) पनी हुन सक्छ, बर्मिली पनी हुन सक्छ ,

यो जग जाहिर छ की सिक्किम को अधिकारिक भाषा नेपाली हो र भूटान माँ पनी यो भाषा लाइ अनुसूची माँ राखियको छ त के मात्र उनी नेपाली बोल्छ्न भन्दै माँ उनी नेपाली हुन त ,,होइनन कदापि होइनन किन की उनको नेपाल संग कुनै सम्बन्ध छैन ! उनको खून पसीना यो देश को लागी बगेको पनी छैन ! उनी यो देश को लागी शहीद पनी भयका छैनन! उनको मुख बाट कहिले जय नेपाल जस्तो शब्द निस्केको पनी छैन !
उनी हरु को हाम्रो देश को प्रगति माँ कुनै योगदान पनी छैन उनी हरु को दिल को धड़कन यो देश को लागी पनी धडकी दैन तर नेपाली शब्द संग तात्पर्य राष्ट्रीयता र परिचय हो !

नेपाली शब्द एक समुदाय होइन एक जाती होइन यो एक स्वाभिमानी मुलुक को राष्ट्रीयता हो र प्रत्यक गोरखाली लाइ नेपाली भनेर संज्ञा दिंदा खून पसीना ले आफ्नो देश सींचने देशभक्त नेपाली को लाइ ठेस पुग्नु स्वाभाविक नै हो ! नेपाल माँ बसने नागरिक चाहे उनी कुनै पनी भाषा , धर्म, जाती, जनजाति, र छेत्र को होस त्यों नेपाली हो ,....... उनको खून पसीना नेपाल को लागी बगेको छ ,,उनी देश को लागी शहीद भयका छन.......

उनी जे बोले पनी, जे लगाय पनी , जंहा बसे पनी उनको मन मष्तिष्क नेपाल को बारे माँ सोच्छ ...उनको दिल नेपाल को लागी धड्किन्छ ! नेपाल भन्दा बाहिर बसने अनिवासी, प्रबासी, र बन्शानुगत हरु लाइ पनी नेपाली भन्न सकिन्छ किन की उनको सम्बन्ध नेपाल संग छ तर सबै गोरखाली हरु लाइ नेपाली को श्रेणी माँ राख्दा अली कती ठेस पुग्न जान्छ

किन की एक तरफ त हामी बिदेशी गोरखाली हरु लाइ सहानुभूति राख्छौ , माया गर्छौं आर्को तरफ हामी आफ्नै स्वदेशी मधेसी भाई बहनी हरु लाइ धोती, मर्सी, र अन्य घृणास्पद शब्द हरु प्रयोग गरी उनको स्वाभिमान को साथ जिउने अधिकार लाइ खोस्छौ ..उन लाइ एक नेपाली ले पाउने अधिकार बाट बंचित गर्छौ !

कस्तो बिडम्बना एक तरफ त हामी गोरखाली समुदाय का भारतीय प्रशांत तमांग लाइ सहानुभूति देखाउछौ भने आर्को तरफ हामी नेपाली उदित नारायण झा जस्तो महान कलाकार को कुनै वास्ता नै गर्देनौ .............

प्रिय मित्र मुलुक कुनै धर्म, जाती, भाषा ले होइन तेहा बसने मानिस ले बन्छ र हाम्रो नेपाल मात्र गोरखाली को न भयर गोरखाली , मधेसी, मंगोल, थारू, हिन्दू, मुस्लिम, बुद्धिस्ट, इसाई, सबै को हो.........र मलाई गर्व छ की म नेपाली हु ......

जय नेपाल जय मातृभूमि ..
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com

Thursday, November 4, 2010

तिहार, भाई टिका, विश्वकर्मा पूजा र छठ पूजा को शुभकामना....

देश बिदेश मा बसने सम्पूर्ण नेपाली हरु माँ सुख, शांति, बिकास, भाईचारा,
रोजगार, शिक्षा, एकता, समानता र एक सुनौलो नेपाल को हार्दिक मंगलमय
शुभकामना ............
सम्पूर्ण दीदी बहिनी - दाजू भाई हरु लाइ पावन पर्व
भाई तिहार एवं पुन्य पर्व श्री छठी मैया पूजा को पनी हार्दिक
शुभकामना...................... ]
नेपाल र नेपाली जय होस..................
जय नेपाल जय मातृभूमि
Yuva Nepal Sangathan (YNS)
http://yuvanepalsangthan.wordpress.com

Monday, November 1, 2010

छ: "अ" संग लड्नु आज को मुख्य आवश्यकता

छ: "अ" संग लड्नु आज को मुख्य आवश्यकता

आज हामी सबै माँ राष्ट्र र राष्ट्रीयता को भावना लाइ जागृत गर्ने आवश्यकता आयको छ ! हामी हरु माँ कम हुँदै गयको एकता र आत्मबिश्वास ले हामी लाइ अत्यंत बिषम परिस्थिति माँ लेयाई पुरयायको छ ! संवेदनशील मुद्दा हरु माँ हामी युवा हरु को मौन ले अवसरवादी हरु को हौसला बढाउने काम गरेको छ ! अनेकता , अज्ञानता , अवसरवादिता , अपव्यय र अन्याय ले हाम्रो बिकास लाइ अबरुद्द गरेको छ तेस कारण निम्नलिखित छ: "अ" प्रति ध्यान दिनु अत्यंत आवश्यक छ -
१- अज्ञानता
२- अवसरवादिता
३- अंधविश्वास
४- अपव्यय
५- अन्याय
६ अनेकता

यसको साथ माँ हामी ले धर्म , छेत्र, जात व् वर्ग को भावना भन्दा माथि उठेर यो संकल्प लिनू आवश्यक छ की -

बेग्लै छ भाषा, धर्म जात,
र ठाऊ, भेष , परिवेष......
तर हामी सबै को एकै छ गौरव
राष्ट्रध्वज सूर्य- चन्द्र श्रेष्ठ.......

*********** र मलाई पूरा बिस्वास छ हामी ले यस लाइ मनन गर्ने हो भने यो एक ठुलो प्रयास हुने छ !

युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpess.com

Monday, October 25, 2010

राष्ट्रीयता को प्रतिक - हाम्रो सांस्कृति, भाषा अनि राष्ट्रिय झण्डा ।

केही अबधि अगाडी एक समुहको कार्यकर्ता हरु ले हाम्रो देशको चन्द्र सुर्य अङ्कित त्रिकोण झण्डा जलाई रहेको दृश्य देखियो त्यसबेला कुन नेपालीको मन झस्किएन होला कुन नेपालीको मन चसक्क बिझेन होला यस्तो लाग्यो नेपालीको नाताले गल्दैछ ! हाम्रो एकता अनि अखण्डता । विखण्डन हुँदै छ देशको सार्वभौमिकता । नेताहरुमा नैतिकता भईदिएको भए जनतामा एकता अनि सचेतता भई दिएको भए यस्तो घटना कदापी हाम्रॊ देशमा हुने थिएन । झण्डा जल्दै रह्यो हामी हरु तमासे भई जल्दै गरेको झण्डा हेरि रह्यौ । कस्तो दुर्दशा विडम्बना लाचारपन झण्डा जलाउने लाई सजायँभागी पनि बनाउन सकेनौ । प्रजातन्त्रको नाममा छाडातन्त्र आई अधोगति हुँदा पनि सचेत नहुँदा यस्तो दिन देख्नु पर्यो । प्रशासनमा शानमान दण्डभेद कानुन सम्मान नरहेको प्रष्ट देखिन्छ । नेपाली झण्डा लाइ नेपाली भूमि माँ उबियर आगो माँ अर्पण गरियो र हाम्रो झंडा चोरस्तामा जल्द्रै रह्यो नेपालीहरु सबैले रातो चन्द्र सूर्य अङ्कित झण्डा भष्म भएको हेर्दै गए । हाम्रो झंडा बिश्व को एक मात्र बेग्लै तीर्कोण आकार को झंडा हो जसले यो स्पष्ट पार्छ की नेपाली कसैको पछाडी होइन यो दुनिया को प्रतिनिधत्व गर्ने सामर्थ्य राख्छ !
रातो रङ्गमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो देशको प्रतिक गौरव गरिमाको उँचाई हो । झण्डा अगाडि हाम्रो मस्तक झुक्छ । चन्द्र सूर्य अटल अजर भए झै नेपालीको शानमान अटल अजर अमर छ । हाम्रो त्रिकोण झण्डा परदेशमा हुँदा जता हामी झण्डा नेपालको देख्छौ देश हाम्रो सामिप्य रहेका अनुभूति हुन्छ । न्यूयोर्कको रकफेलर प्लाजामा नेपालीले झण्डाको समुहमा नेपाली आँखाले आफ्नो देशको झण्डा खोज्छ सँयुक्त राष्ट्र् सँघको अगाडि फहराई रहेको झण्डाले शरीरमा देशप्रतिको राष्ट्यिता जगाई दिन्छ । शरीर हाम्रो परदेशमा रहे ता पनि हाम्रो आत्मा सदैव देशमा रुमल्लिई रहेको हुन्छ । हामी प्रवास प्रति वफादार रहन्छौ भने देशप्रति हामी ईमान्दार रहन्छौ । आफ्नो मातृभूमिलाई आँखाको नानीमा राखेका हुन्छौं ।राष्ट्रि्यताको प्रतिक हाम्रो झण्डा जलेका दृश्य देख्दा नेपालीको मन कल्पियो । विवशताको नाममा विदिर्ण जलेका झण्डा हेर्न हामीले बाँच्नु पर्या । रातो तुलमा बनाईएको चन्द् सूर्य अङ्कित झण्डाप्रति हामी भावुक छौ । देशको बदलिँदो परिस्थितिमा देश दिशाहीन भई भौंतारिदा देशको शान आनमानको प्रतिक झण्डा जलेको हेर्नु पनि नेपालीको दुर्भाग्य हो । हिजो झण्डा नै जलि रहेको थियो । आज देश जलेको पनि हामीले बाध्य हुनु परेको छ । नेपालीको भाग्य जलेको हेर्ने दिनपनि आउन सक्छ ।

झंडा को कुरा चल्दा यो कुरा पनी म भन्न चाहन्छु मेरो साथी हरु ली की ९ ११ पछि अमेरिका भरि नै झण्डा घरैपिच्छे गाडीमा आँगनमा राख्ने लहर आयो । देशमा आईपरेको धनजनको क्षतिमा अमेरिकीहरु साथमा थीय । ट्विन टावर पेन्सलभेनिया पेण्टागनमा भएको क्षतिले सम्पूर्ण अमेरिकीलाई चोट पुगेको थियो । यस्तो राष्ट्रि्यताको लहर आयो न्यूयोर्क शहर त निलो रातो सेतो रङ्गको झण्डाले भरिपुर्ण थियो । हृदयमा परेको गहिरो चोटलाई राष्ट्रिय झण्डालाई आत्मसात गरि सहानुभूति प्रकट गरे ।
९ ११ पछि सबै अमेरिकी एक भए दुःख प्रकट गरे । झण्डालाई आत्मसात गरि राष्ट्रि्य एकताको परिचय दिए । लुगा कपडा सम्पुर्ण सामानहरु झ्ण्डाको मार्का दिएर घरैपिच्छे अमेरिकीहरुले आफ्नो देशको अनुभूति प्रकट गरे । झण्डालाई आधार बनाई आफ्नो ऐक्यबद्धता प्रकट गरे ।

हामी प्रवासी भय पछि मात्रै थाहा लाग्छ राष्ट्रि्यताको प्रतिक झण्डाको कति महत्व हुँदो रहेहछ । यो महाद्विपमा हाम्रो पहिचान नै के हो भन्दा हाम्रो सँस्कृति , भाषा अनि राष्ट्रिय झण्डा ।




देश भन्दा बाहिर नेपाली दाजू भाई हरु झण्डा फहराएर सडकभरि नाचगान गरेर जुलुस निकाल्छन् । आफ्नो पहिचानको परिचय गराउँछन् । झण्डाको सहारा लिन्छन् । आफ्नो देशप्रति गौरवान्वित बन्छन् ।

तर आफ्नै देशमा केहि समुहले आफ्नो देशको झण्डा जलाई रहेको देख्दा सुन्दा आफु अपमानित भएको महशुस गरेको छुँ । विविध देशमा विरोधी समुहले अरु देशको झण्डा दहन गरिएको सुनिएको छ । तर आफ्नो देशमा आफ्नै नेपाली समुदायले झण्डा जलाउनु निर्लज्जताको प्रतिक ठान्दछु । विरोध विद्रोह अभिव्यक्त गर्ने के यो नै तरिका हो त अनियन्त्रित प्रजातन्त्रको परिचय दिएनन् त खुकुरीले नेपाली को बहादुरीको परिचय दिएको छ भने शांति का दूत बुद्द र महान मिथिला नगरी मा जन्म लियर माँ जानकी ले त्याग को परिचय दियकी छीन हाम्रो राष्ट्रि्य झण्डाले नेपालीको गरिमा बढाएको छ । हाम्रो परिचय सँसारभर दिई रहेको छ । यहि गरिमा राष्ट्रि्रयताको प्रतिक झण्डा जलाइर चार जात छत्तिस वर्णको फुलवारीमा आशिँक नेपालीले आफ्नो गद्यारीको परिचय दिएको स्पष्ट हुन्छ ।

र हामी ले बुझनु पर्छ हिमाल पहाड तराई - कोई छैन यंहा पराई , नेपाल हाम्रो घर - नेपाली हाम्रो थर ........

जय नेपाल जय मातृभूमि
राज छेत्री
Yuva Nepal Sanagathan (YNS)
http://yuvanepalsangthan.wordpress.com