Wednesday, January 12, 2011

यो राष्ट्र कुनै लेनिन , माओत्सेतुङ ,कार्ल मार्क्स वा गान्धी आएर एकिकरण गरेको होईन !


हिजो पृथ्वीनारायण शाहको २८९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस थियो तेस कारण सबै नेपाली जनतालाई चेतना छ की यो राष्ट्र कुनै लेनिन , माओत्सेतुङ ,कार्ल मार्क्स वा गान्धी आएर एकिकरण गरेको होईन ! उनी एक शासक मात्र न भयर नेपाल निर्माता थीय र यो सत्य हो की उनी न भयको भय आज हामी नेपाली हुने थियनौ तेस कारण उनी लाइ र उनको योगदान लाइ सम्मान गरौ !

मलाई बिश्वास गर मेरी नेपाल आमा ..
म जती टाढा भय पनी तिम्रै कोख को संतान हूँ !!
एक मुट्ठी रगत रहून्जेल सम्म तिम्रै लागी लड़ने छू ..
बिश्व माँ तिमी लाइ चिनाई छाड़ने प्रण पनी गरेको छू !!

आज हामी सबै माँ राष्ट्र र राष्ट्रीयता को भावना लाइ जागृत गर्ने आवश्यकता आयको छ ! हामी हरु माँ कम हुँदै गयको एकता र आत्मबिश्वास ले हामी लाइ अत्यंत बिषम परिस्थिति माँ लेयाई पुरयायको छ ! संवेदनशील मुद्दा हरु माँ हामी युवा हरु को मौन ले अवसरवादी हरु को हौसला बढाउने काम गरेको छ !

पर भर पर्न हुन्न मिलिजुलि आजैदेखि
कर्मज्योति बाल्नु पर्छ माटो हाम्रो सजाउन ।

आपसमा लुछाचुँडी नगरेर हृदयमा
देशभक्ति पाल्नुपर्छ माटो हाम्रो सजाउन ।

अबको दिनमा हाम्रो लडाईं बारुदको होईन बुद्दिको हुनु पर्छ ! सबैको भावनालाई सङ्गालेर जीवन पथमा अघि बड्नु पर्छ !

जय नेपाल जय मातृभूमि जय होस
युवा नेपाल संगठन (YNS)

युवा नेपाल संगठन सदस्यता प्रपत्र ( YNS ) PLz JOIN....................
युवा नेपाल संगठन सदस्यता प्रपत्र ( YNS )

(By - Raj Chhetri)

Monday, January 10, 2011

नेपाल एकीकृत गरने महान आत्मा लाइ सत सत नमन


आज ११ जनवरी - पौष २७ गते !

आज स्वर्गीय बड़ा महाराज श्री पृथ्वी नारायण शाह को जन्मदिवस हो जसलाई बिगत माँ एकता दिवस को रूप माँ मनाउने गरिन्थ्यो ! म व्यव्क्तिगत रूप ले उन लाइ एउटा शासक भन्दा बड़ी एउटा नेपाल निर्माता को रूप माँ देख्द्छू ! उनी एक शासक मात्र न भयर नेपाल निर्माता हुनु हुन्थ्यो ! यो टुकरा टुकरा परेको राज्य हरु लाइ जोडेर एक सींगो नेपाल बनाउने श्रेय उनकै देन हो ! कुनै महान शासक अथवा मानिस को १५ औं -१६ औं पीढ़ी को संतान ले गलती गर्यो भन्दै माँ सम्पूर्ण पुरखा हरु लाई अपमान गर्नु हुदैन ! उनी हाम्रो अतीत को प्रतिबिम्ब हुन उन लाइ सम्मान र आउने पीढ़ी लाइ उनको योगदान को इतिहास को जानकारी दिनु पर्दछ ! आज शायद उनी न भयको भय हामी हरु को नेपाल हुने थियन होला र हाम्रो केही भूभाग चीन तीर र केही भूभाग भारत तीर हुन्थ्यो होला ! हाम्रो नेपाल न हुदा शायद आज हामी ले आफु लाइ नेपाली भनेर पनी परिचय दिन सकिन्थियन होला !

आज उनको जन्म जयंती माँ महान आत्मा लाइ नमन गर्न को साथ एक सुनौलो नेपाल को लागी सबै लाइ एक जुट हुन आह्वाहन गर्दछु !


उनका महान वाणी को केही अंश - "प्रजाहरुको रगत पसिना र मैले १८ , १९ बर्ष देखी बडो ढुख गरेर अर्ज्याको यो राज्यको तिमीहरु सबै मिलेर रक्षा गर । मैले तिमिहरुलाइ निती,नियम धर्म र राज्य सन्चालन गर्न आवश्यक कुराहरु बताएकै छु र एकै ठाउमामा पनि राखिदिएको छु। आपशी बैमनुस्य ,रिस रागले राष्ट्रमा असार नपरोस । तिमीहरुकै रगत पसिनाले भिजेर यो राष्ट्र एकीकृत भै नेपाल राष्ट्र बनेको छ। यो राष्ट्र चन्द्र सुर्य रहे सम्म अमर रहोस - पृथ्वी नारायण शाह"

राज छेत्री
जय नेपाल जय मातृभूमि
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com